खेलकुद

गेटाफेविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जीत

By खबरहब

February 16, 2020

काठमाडौ् – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रोबर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो  ।

दोस्रो हाफको ६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्काएपनि बार्सिलोनाले २-१ को जीत हात पार्यो ।

यो जीतसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।

बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।