राजनीति

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, आजै फैसला आउने

By खबरहब

February 16, 2020

काठमाडौं- पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् ।

उनको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको छ।

अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ। अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुने सम्भावना रहेको श्रेष्ठले बताए ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए।

उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।