/fi6«klt ;Låf/f /flqef]hnfO{ ;Daf]wg sf7df8f}F, @% c;f]h -/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª cfˆgf] ;Ddfgdf zlgaf/ ;f]N6L xf]6ndf cfof]lht /flqef]hnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M k|bLk/fh jGt

रोचक/विचित्र संसार

कोरोना भाइरस फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा !

By खबरहब

March 16, 2020

एजेन्सी- कोरोना भाइरस फैलाएको भन्दै भारतको बिहार राज्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध मुद्दा दायर गरिएको छ ।

समाचार संस्था बिजनेश स्ट्याण्डर्डका अनुसार बिहारका कानून व्यवसायी सुधीर कुमार ओझले चिनियाँ राष्ट्रपति सी तथा भारतका लागि चिनियाँ राजदूत सन वेइदोङविरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनले सोमबार बिहारको मुजफरपुरमा रहेको अदालत पुगेर मुद्दा दायर गरेका हुन् ।

राष्ट्रपति सी तथा राजदूत सनले विश्वभर कोरोना भाइरस फैलाउने षड्यन्त्र रचेको दाबी गरिएको छ । यो मुद्दाको सुनुवाई आगामी अप्रिल ११ मा हुने जनाइएको छ ।