देश/प्रदेश

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण, २४ जना निको भए

By खबरहब

June 16, 2020

काठमाडौं- अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा कारोना भाइरस संक्रमितको संख्या ४३ जना पुगेको छ ।

सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । ती मध्ये २४ जना निको भएर घर फर्कि सकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् ।

काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वरलगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।