Residents keep vigil over several bodies covered with a variety of cloths after an armed confrontation in the Alemao slum complex in Rio de Janeiro, Brazil, Friday, May 15, 2020. According to the civil police, 10 people were found dead during the police operation against alleged drug traffickers. (AP Photo/Leo Correa)

अन्तर्राष्ट्रिय

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १ लाख ७ हजारको मृत्यु

By खबरहब

August 16, 2020

काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख ७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ७२६ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार २९७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३८ हजार ९३७ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३३ लाख १७ हजार ८३२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ४ हजार २७२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६ हजार २६३ जनाको उपचार भइरहेको छ ।