समाचार

काठमाडौं उपत्यकामा आज एकै दिन थपिए १७२ संक्रमित

By खबरहब

August 16, 2020

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुमा ३८ र भक्तपुरमा ८ जना गरी जम्मा १७२ जना संक्रमित थपिएका छन् ।

नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ थियो ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २०१ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ।

हालसम्म कुन प्रदेशमा कति जनाले  ज्यान गुमाए ?

प्रदेश नं. १ – ९ पुरुष,१ महिला

प्रदेश नं. २ – ३४ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १३ पुरुष, ५ महिला

गण्डकी प्रदेश- ६ पुरुष

प्रदेश नं. ५ – १० पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

हालसम्म जम्मा ८१ पुरुष र २३ महिला गरी १०४ जनाको कोरोनाले मृत्यु भएको छ ।