आर्थिक

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?

By खबरहब

August 16, 2020

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ ।

पेट्रोल, डिजेल र मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ कायम गरिएको छ ।’

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

आयल निगमले जारी गरेको बिज्ञप्ति यस्तो छ-