देश/प्रदेश

बुटवलमा कोरोना संक्रमित एक जनाको मृत्यु

By खबरहब

October 16, 2020

बुटवल– रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर भर्ना भएका उनलाई अस्पतालले २५ गतेबाट आइसियुमा राखेको थियो ।

आइसोलेसनमा बसेको चौथो दिन स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा पनि राखिएको थियो ।

उपचारकै क्रममा आज बिहान सवा सात बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

रुपन्देहीमा मुत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।