रोचक/विचित्र संसार

कस्तो होला कमिलाको अचार ?

By खबरहब

December 16, 2020

तपाईंले प्याजको अचार (चटनी), टमाटरको अचार वा धनियाँको अचार खानु भएको होला वा यसबारे सुन्नु भएको होला । तर के तपाईंले कहिल्यै कमिलाको अचार (चटनी) हुन्छ भनेर सुन्नु भएको छ ?

खासमा भारतको झारखण्डस्थित जमशेदपुरको एउटा गाउँमा बस्ने आदिवासीले राता कमिला (लाल चींटी) को अचार (चटनी) बनाएर खाने गर्दछन् । भोक र चिसोबाट बच्न भन्दै त्यस क्षेत्रका स्थानिय आदिवासी राता कमिलको अचार खाने गर्दछन् ।

आदिवासी समाजका अनुसार चिसो मौसममा राता कमिलको अचार खाएमा यसले चिसो लाग्नबाट बचाउनुको साथै भोक समेत जाग्ने गर्दछ । स्वास्थ्यका दृष्टिकोणले समेत राता कमिलामा पाइने टेटरकी एसिडले शरीरमा निकै लाभ पुर्याउने गर्दछ ।