अन्तर्राष्ट्रिय

नमस्ते गर्न रोक लगाएको अलबामाले २७ बर्षपछि गर्‍यो योगाको प्रतिबन्ध फुकुवा

By खबरहब

March 17, 2020

एजेन्सी – नमस्ते गर्न रोक लगाएको अमेरिकाको अलबामा राज्यले योगामाथि लगाएको प्रतिबन्ध भने २७ बर्षपछि फुकुवा गरेको छ ।

कट्टरपन्थी समुहको दवाबमा सन् १९९३ मा अलबामा शिक्षा बोर्डले सबै सार्वजनिक विद्यालयहरुमा योगामाथि प्रतिबन्ध लगाएको थियो ।

करिब एक महिनासम्मको गहन छलफलपछि गत साता त्यहाँको संसदले योगामाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

डेमोक्रेटिक पाटी विधायक जेरेमी ग्रेद्वारा पेश गरिएको योगा फुकुवा विधेयकमा गत साता संसदमा मतदान भएको थियो । मतदान हुँदा विधेयकको पक्षमा ८४ र विपक्षमा १७ मत परेको थियो ।

योगामा फुकुवा गरिएपनि नमस्तेमाथि भने प्रतिबन्ध भने कायमै राखिएको छ । विश्वभरका नेताहरु कोरोनाका कारण हात मिलाउन छाडेर नमस्तेको अनुशरण गरिरहेका बेला यस्तो अन्यौल देखिएको हो ।