टिप्स

आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय

By खबरहब

March 17, 2020

काठमाडौं –  सूचना प्रविधि र इन्टरनेटको विकासले आममानिसलाई सामाजिक सञ्जालको लत नै बसिसकेको छ ।

आक्कल झुक्कल मानिसहरु मात्रै सम्भवतः सामाजिक सञ्चाल फेसबुकको पहुँच भन्दा बाहिर होलान् । फोटो, भिडियो पोष्ट गर्नेदेखि भिडियोमा समेत कुराकानी गर्न मिल्ने भएपछि मानिसहरु हिजोआज इन्टरनेटको पहुँचमा हुँदा मोबाइलमा भन्दा पनि फेसबुकबाटै कुराकानी गरेको पाइन्छ ।

धेरैको गोप्य कुराकानी र कारोबार समेत फेसबुकबाट हुने गरेका छन् । तर प्रयोगकर्ताहरुले कयौँपटक आफ्नो फेसबुक लगआउट गर्न बिर्सिदा डाटा चोरी हुनेदेखि असुरक्षासम्मका समस्या पनि निम्तिने गरेका छन् ।

कतिपय अवस्थामा त जानाजानी ह्याकरहरुले फेसबुक उनिहरुको नियन्त्रणमा लिने समेत गरेका छन् । यो अवस्थामा आफ्नो फेसबुक कहाँबाट लगइन भइरहेको छ भनेर थाहा पाउँदा पनि केही गर्न सकिने अवस्था छ ।

कसैसँग आफ्नो अकाउन्टको पासवर्ड भएर आफ्नो फेसबुक नै दुरुपयोग गरिरहेको पनि हुन सक्छ । यो अवस्थामा आफ्नो फेसबुक अकाउन्ट कहाँ-कहाँ लगइन भएको छ भनेर आफैंले थाहा पाएर सम्भावित दुरुपयोग रोक्न पनि सकिन्छ ।

यसरी यूजरले आफ्नो फेसबुक कहाँ/कहाँबाट लगइन छ भन्ने थाहा पाउन सक्दछन् । यसैमा लगइन भएको डिभाइसको अगाडि तीन डट देखिन्छ । जहाँ ट्याव गर्दा यूजरले लग आउटको अप्शन पाउने छन्।

यसबाहेक यूजरले सबै डिभाइसबाट एकैसाथ लगआउट गर्न चाहेमा यसैको तल्लो भागमा ‘लग आउट अफ अल सिजन’ मा ट्याव गर्नुपर्दछ । यसबाट यूजरको कहिँपनि चलिरहेको फेसबुक अकाउन्ट लगआउट हुनेछ ।