समाचार

प्रदेश १ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित २९५ पुगे

By खबरहब

May 17, 2020

काठमाडौं- प्रदेश १ मा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको संख्या ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार विराटनगरकी २९ वर्षीय महिला र  विराटनगरकै ३६ वर्षका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।  यस्तै धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।