काठमाडौं– आइतबार राति प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।
उनी जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पताल धनकुटाका प्रमुख डाक्टर पुजन विश्वकर्माले बताए ।
उनका अनुसार ती स्वास्थ्यकर्मी नियमित रुपमा विरामीको स्वास्थ्य परीक्षणमा संलग्न थिए। अस्पतालकै क्वाटरमा बस्दै आएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
संक्रमित स्वास्थ्यकर्मीमा अस्पतालमा आउने बिरामीबाट संक्रमण सरेको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।
यसअघि नेपालमा दुईजना नर्समा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।