रोचक/विचित्र संसार

जब जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चो

By खबरहब

June 17, 2020

पछिल्लो समय भारतको एक गर्भवती हात्ती विस्फोटक पर्दाथ भरिएको कटहर खाएर मरेको घटनाले विश्वभर फैलियो ।

अमानविय क्रियाकलापको शिकार भएको उक्त गर्भिणी हात्तीको मृत्युमा धेरैले दुख प्रकट गरे । तर अहिले अर्काे हात्ती र त्यसको सानो छावाले सामाजिक सञ्जालमा चर्चा पाएका छन् ।

यस पटक हात्तीले दुख पाएर भन्दा उसको सुन्दरताले मानिसको ध्यान खिचेको हो ।

सामाजिक सञ्जालमा चर्चामा रहेको यो हात्ती र उसको सानो छावा निकै भाइरल भएको छ ।

छावा जन्मिएको २० मिनेटमै उभिएर हिड्न खोजेको थियो । यहि भिडियोलाई मानिसले अत्यधिक रुचाए । कलिलो खुट्टामा उभिने प्रयाश अनि हिड्न खोजेको दृष्य सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरैले यसलाई हात्तीको बच्चाले डान्स गर्ने खोजेको बताएका छन् ।

भारतीय वन अधिकारी सुशान्ता नन्दाले शेयर गरेको भिडियोमा उनले लेखेका छन्, हात्तीको यस बच्चाले २० मिनेट अघि मात्र जन्म लिएको हो । र अब हेर्नुहोस् यो कसरी डान्स गर्दै आफ्नो जन्मको खुसि मनाइरहेको छ । अब यहि खुट्टाले यसले लामो यात्रा गर्नुछ ।

A twenty minutes old calf. Finding its feet & dancing into his new world 💕

A feet that will take him miles & miles in coming days. pic.twitter.com/1SsAtUC8Sj

— Susanta Nanda (@susantananda3) June 8, 2020