खेलकुद

सेभिल्ला युरोपा लिगको फाइलनलमा प्रवेश

By खबरहब

August 17, 2020

एजेन्सी – स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार लिस्बनमा भएको सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो ।

खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेड अग्रता जोगाउन नसक्दा अन्तिम चारबाटै बाहिरिएको हो ।

२६औं मिनेटमा सेभिल्लाका सुसोले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७८औं मिनेटमा सेभिल्लाले वैकल्पिक खेलाडी लुक डे जोङको गरेको गोल नै निर्णायक भयो र सेभिल्ला फाइनलमा प्रवेश गर्‍यो।