Patients affected by the COVID-19 coronavirus are treated at a field hospital set up at a sports gym, in Santo Andre, Sao Paulo state, Brazil, on May 11, 2020. (Photo by Miguel SCHINCARIOL / AFP)

अन्तर्राष्ट्रिय

कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २२ हजार संक्रमित

By खबरहब

August 17, 2020

काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २२ हजार संक्रमित थपिएका छन् ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २२ हजार ३६५ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ ।

यस्तै एकै दिन ५८२ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार ८७९ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ३२ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९९ हजार ८६२ जनाको उपचार भइरहेको छ ।