समाचार

कास्कीका ११ सहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

By खबरहब

August 17, 2020

काठमाडौं- गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार राति विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

योसहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७५६ पुगेको विज्ञप्तिमा जनाइएको छ । यसैगरी गण्डकी प्रदेशमा हालसम्म कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ५५० रहेको छ ।