रोचक/विचित्र संसार

६२ औं जन्मदिनमा ६२ किलोमिटर दौड ! (भिडियो)

By खबरहब

September 17, 2020

तपाईं जीन्दगीको जति नै वसन्त पार गर्नुहोस्, जन्मदिनको उत्साह सधै रोमाञ्चक नै हुने गर्दछ । यस्तै भएको छ भारतका एक ब्यक्तिको जन्मदिन । उनले आफ्नै जन्मदिनमा आफैलाई एक विशेष उपहार दिएका छन् ।

प्रायः मानिस अर्काको जन्मदिनमा विशेष उपहार दिने गर्दछन् । तर केहि ब्यक्तिहरु आफ्नो जन्मदिनमा आफ्नै लागी केही विशेष उपहार दिन्छन् । भारत पानीपतका एक ब्यक्तिले आफ्नो जन्मदिनमा आफैलाई दिएको उपहार सामाजिक सञ्जालमा भाइरल बनको छ ।

पानीपत निवासी वकिल जसमेर सिंह सन्धूले आफ्नो ६२ औं जन्मदिनको राति १२ बजे दौडन शुरु गरे । उनले उक्त रात ६२.४ किलोमिटरको दौड पार गरे र उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गरे । उनको यो भिडियो भाइरल बन्यो । उनी आफ्नो जन्मदिनमा आफैलाई दौडको कीर्तिमान दिन चाहान्थे । जो उनले पुरा गरे ।

Today I have completed 62 years of my life and on this occasion completed 62.4 Kms run. Still ahead of my age 😊 pic.twitter.com/Q7IjVgmWyP

— Jasmer Singh Sandhu (@FlyingSandhu) August 25, 2020

जसमेर नियमित ११ देखि २२ किलोमिटरसम्म दौडने गर्दथे । सन् २०१० मा उनलाई हृदयघात भयो । त्यसपछि उनलाई शारीरिक व्यायाम गर्न चिकित्सकले रोक लगाएका थिए ।

तर उनलाई यो कुरा चित्त बुझेन त्यसैले उनी स्वस्थ्य भएसाथै अलिअलि गर्दै दौडन थाले । त्यसैको उपज उनले एक रातमा ६२.४ किलोमिटरको दौड पुरा गरे ।