औषधी/उपचार

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

By खबरहब

October 17, 2020

सुनसरी- बीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी- ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

धरानका वृद्धलाई बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको राति ७:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक क्यान्सरपीडित रहेको उनले जानकारी दिए ।