फाइल फोटो

औषधी/उपचार

सर्पले टोक्यो भने यसरी अपनाउनुहोस सावधानी

By खबरहब

October 17, 2020

प्रायः गर्मी महिनामा तराईमा सर्प टोकाइका घटनाहरु हुने गर्दछ । सर्पले टोक्नासाथ तत्काल सर्पदंश जान सम्भव नहुदा बर्षेनी धेरैको ज्यान जाने गेरेको छ ।

अधिकाशं सर्पहरु विषालु हुन्छन् । कम विषालु सर्पले टोके पनि तर कमजोर मनोबल र अधैर्यताका कारणले समेत मानिसको मृत्यु हुन सक्छ । तथापी केहि सर्प यति धेरै विषालु हुन्छन् कि जसको टोकाईपछि तत्काल उपचार नभए मृत्यु नै हुने गर्दछ ।

सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने तथा अंगमा क्षती समेत हुन पुग्दछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछ । यस्तोमा सर्पले टोक्दा तत्काल सर्पदशं अस्पताल जानु पर्दछ । त्यस क्रममा अस्पताल नपुग्न्जेल निम्न उपाय गर्नु पर्दछ ।

१. सर्पले टोक्नासाथ तत्काल ढिला नगरी नजिकको सर्पदशं अस्पताल जानु पर्दछ । २. अस्पतालमा टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमण विरुद्धको सुइ लगाउनु पर्दछ । ३. सकेसम्म टोकेको स्थानलाई चलाएमा शरीरमा विष फैलन ढिलो हुन्छ । ४. बिरामीले सर्पको आकार, प्रकार रंगबारे तत्काल अरुलाई सुनाउनु पर्दछ यस्तोमा बिरामी बेहोस भएपनि अरु मार्फत चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । ५. यसका साथै कहाँ टोक्यो, कुन समयमा टोक्यो सो भनेमा उपचारमा सहयोग मिल्दछ । ६. यदि कुनै गहना वा बाधिने वस्त्र लगाउनु भएको छ भने अंग सुन्निुनु अघि निकाल्नुहोस् । ७. आवश्यकता भए चिकित्सकको परामर्शमा दुखाई कम गर्ने औषधी सेवन गर्नुहोस् । ८. आफु आउदै गरेको बिषयमा सर्पदंश उपचार केन्द्रमा जानकारी गराउनुहोस् ।

के नगर्ने ? १. सर्पले टोक्यो भन्दैमा समात्ने वा मार्ने प्रयास नगर्नुहोला । अन्यथा फेरि टोक्न सक्छ । २. सर्पले टोकेको स्थानमा नचुस्नु होला अन्थया मुखमा बिष फैलिएर अर्काे हानी हुन्छ । ३. टोकेको स्थानमा कसिएर नबाध्नुहोला अन्यथा छाला मर्न सक्छ । ४. टोकाईको पीडा बिर्सने नाममा मदिरा नपिउनुहोस् यसले झन् चाँडो विष फैलाउँछ । ५. टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला । ६. एस्पिरिन, ब्रुफेन वा अन्य खालको पेनकिलर नलिनुहोला यसले रगत पातलो बनाउँछ । ७. टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।