रोचक/विचित्र संसार

यस्तो कुकुर जसको अनुहार मानिससँग मिल्छ !

By खबरहब

December 17, 2020

एजेन्सी- सामान्यतया कुकुरका धेरै प्रजाति हुन्छन् । संसार भर थरि-थरिका कुकुरका प्रजाति पाइन्छन् । कुकुरलाई धेरैजसो मानिसहरूले सौखका लागि पाल्ने गर्दछन्।

केही समय अगाडि अमेरिकामा सार्वजनिक भएको एउटा कुकुरको तस्वीरले मानिसहरू अचम्मित भएका थिए ।

योगी नाम गरेको उक्त कुकुरको अनुहारको बनावट ठ्याक्कै मानिसको जस्तै छ । त्यसैले यो कुकुर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

THIS DOG HAS A HUMAN FACE pic.twitter.com/nEmQ6ZgJcZ

— Ellie Hall (@ellievhall) March 12, 2018

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार योगी अमेरिकाको मैसचुसिट्समा बस्ने च्यान्टल डेसजार्डिनबोको हो । यो कुकुरको अनुहार ठेयाक्कै मानिसको जस्तो देखिन्छ ।

च्यान्टलको साथीले यो कुकुरको फोटोलाई मान्छेको अनुहारसँग मिल्ने कुकुर भनेर सामाजिक सञ्जालमा शेयर गरिसकेपछि योगी भाइरल भएको थियो।

एजेन्सीको सहयोगमा