देश/प्रदेश

भ्रष्टाचार अभियोगमा मालपोत अधिकृत खड्कासहित ४ जनाविरुद्ध मुद्दा

By खबरहब

December 17, 2020

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर दाङका मालपोत कार्यालय प्रमुख अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम जग्गाधनी प्रमाणपुर्जा नियमानुसार निशुल्क गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

नीजहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।