राजनीति

मन्त्री बिरामी परेपछि संसदीय समितिको बैठक स्थगित

By खबरहब

March 18, 2020

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी बिरामी भएपछि संघीय संसद (प्रतिनिधि सभा)को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठक स्थगित भएको छ ।

बुधबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको र्शत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची तोकिएको छ । बुधबारको बैठकमा उक्त विधेयकलाई टुंगोमा पु¥याउन बाँकी विषयहरुमाथि छलफल गर्ने भनिएको थियो ।

समितिको अघिल्लो बैठकमा मन्त्री त्रिपाठीले विधेयकका सम्बन्धमा थप समय माग गरेका थिए ।

तर, वैठक शुरु हुनुभन्दा १० मिनेट अगाडि मात्रै मन्त्री बिरामी परेको सूचना आफूलाई प्राप्त भएको समिति सभापति शशी श्रेष्ठले बैठकमा जानकारी दिइन् ।

विधेयकमाथि छलफल गर्ने बैठकमा सम्बन्धित मन्त्री नै उपस्थित नभएको भन्दै समितिको बैठक स्थगित गरिएको छ ।