खेलकुद

पुनरागमन नजिक प्रिमियर लिग

By खबरहब

May 18, 2020

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभर निम्त्याएको जोखिमका कारण बीचैमा रोकिएको इंग्लिस प्रिमियर लिग पुनरागम नजिक पुगेको छ ।

मार्च दोस्रो साताबाट रोकिएको लिग फेरि सञ्चालन गर्न प्रिमयर लिग र क्लबहरु लागि परेका छन् । त्यसका लागि आज प्रिमियर लिगका क्लबहरुबीच सामुहीक अभ्यास र मेडिकल प्रोटोकलका लागि भोटिङ हुँदैछ ।

प्रिमियर लिग क्लबहरुले यसै हप्तादेखि सानो-सानो समुह बनाएर अभ्यास गर्ने तयारी गरिरहेका छन् । मंगलबारदेखि पाँच जना खेलाडी एकै ठाउँमा भेला भएर अभ्यास गर्न मिल्ने प्रिमियर लिगले जनाएको थियो ।

२० क्लब मध्ये १४ क्लब अहिलेको मेडिकल प्रोटोकलमा सहमती नजिक रहेको जनाइएको छ । जुन १२ देखि प्रिमियर लिग सूचारु गर्ने तयारी गरिए पनि अहिले त्यो मितिमा लिग शुरू हुने सम्भावना कम रहेको बीबीसीले जनाएको छ ।

बेलायत सरकारले अघिल्लो हप्तामात्रै इलिस स्पोट्सलाई बन्द रंगशालामा खेलकुद गतिविधि गर्न अनुमती दिएको हो ।