रोचक/विचित्र संसार

खाल्डोमा गाडेको तीनदिन पछि जिउँदै फर्किएपछि…

By खबरहब

May 18, 2020

उत्तरी चीनको शाक्सी प्रान्तमा एक छोराले आमालाई मार्ने योजना बनाए । अनि अस्पताल लैजाने भन्दै खाल्डोमा पुरेर हिँडे ।

एकाएक आमा हराएपछि घरका सबैले खोज्न थाले तर आमा कतै भेटाउन सकेनन् । अनि, आमा हराएको कुरा उनीहरुले प्रहरी कार्यलयमा जानकारी गराए ।

घटना दर्ता भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आमालाई उनकै छोराले तीन दिन पहिला एक प्रकारको ह्विलचियरमा राखेर अस्पताल लाने भन्दै लिएर गएको र घाईते बनाएर खाल्डोमा गाडेको पत्ता लाग्यो ।

तीनदिन पछि खाल्डोबाट आमा निस्किएपछि सबै अचम्ममा परे । शाक्सी प्रान्तको जिंगबियन काउन्टीमा नजरबन्द गरेर आमालाई राखेको र त्यतिमात्रै नभएपछि बेहोस बनाएर खाल्डोमा गाडेको कुरा प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगायो ।

सरकारी मिडियाले एक रिपोर्टमा बताए अनुसार महिलालाई छोराले बेहोस बनाएर खाल्डोमा गाडेको बताइएको छ । जिंगबियन काउन्टी अभियोजक कार्यालयका एक अधिकारीले फोनमा उक्त घटनाको बारेमा अनुसन्धान चलिरहेको बताएका छन् । एजेन्सीको सहयोगमा