प्रवास

बहराइनमा ३३१ नेपालीलाई कोरोना भाइरसको संक्रमण

By खबरहब

May 18, 2020

काठमाडौं – खाडीमुलुक बहराइनमा रहेका ३३१ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मान्मास्थित नेपाली दूतावासले कोरोना भाइरसले ३३१ नेपाली संक्रमित भएको पुष्टि गरेको हो । अहिलेसम्म त्यहाँ १ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित भएका कयौं नेपाली उपचारपछि ठीक भएको नेपाली दूतावासले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ६ हजार ९ सय ५६ जनामा संक्रमण देखिएकोमा २ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।