राजनीति

राष्ट्रियसभाबाट संविधान संसोधन विधेयक पारित गरिदै

By खबरहब

June 18, 2020

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले संविधान संशोधन विधेयक पारित गर्दैछ ।

प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको विधेयक राष्ट्रिय सभामा ३२ गते छलफल गरी संसोधनका लागि दिइएको ७२ घण्टाको समय सकिएकाले आज पारित हुन लागेको हो ।

संसद सचिवालयले जारी गरेको सूचनामा आजको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथी छलफल गरी पारित गर्ने कार्यसूची रहेको उल्लेख छ ।

पारित गर्ने क्रममा दफावार छलफल हुने, छलफल पछि दस्तखत सहितको मत विभाजन हुने र सोको आधारमा पारित सम्बन्धी निर्णय हुने जनाइएको छ ।

सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संविधान संसोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।