समाचार

कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

June 18, 2020

काठमाडौं- कर्णाली प्रदेशमा विहीबार थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेको स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेशण केन्द्रमा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये ११ जना महिला र अन्य पु्रुष रहेका छन् । संक्रमितहरु ७ वर्षका बालक देखि ६२ वर्ष सम्मका पुरुष रहेका छन् ।