देश/प्रदेश

प्रदेश २ मा आज ६६ जना संक्रमित थपिए

By खबरहब

June 18, 2020

काठमाडौं- प्रदेश नम्बर २ मा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये एकजना महिला र ६५ जना पुरुष रहेका छन् ।

नयाँ थपिएको संक्रमित मध्ये धनुषाका २९ जना, महोत्तरीका एकजना, सर्लाही जिल्लामा २ जना र रौतहटमा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।