फाइल फोटो

समाचार

फेरि बढ्यो सुनको मूल्य, तोलामै एक लाख नाघ्यो

By खबरहब

August 18, 2020

काठमाडौं – सुनको मूल्य पुनः बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार २ सयले भाउ बढ्दै पुनः एक लाख नाघेको हो ।

आज (मंगलवार) सुनको मूल्य बढेर १ लाख ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम गरिएको छ ।