मनोरञ्जन

‘लक्ष्य जिन्दगीको’ बन्ने

By खबरहब

August 18, 2020

काठमाडौं – कोरोना कहरका बेला एक फिल्म निर्माणको घोषणा गरिएको छ । फिल्म ‘लक्ष्य जिन्दगीको’ निर्माण हुने भएको हो ।

फोटोग्राफर समेत रहेका सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको यो फिल्मको सोमवार राजधानीको मैतीदेवी मन्दिर परिसरमा शुभमुहूर्त गरियो ।

फिल्ममा सपना श्रेष्ठ, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, सरिता राजोपाध्याय, दीपिका थापा लगायतले अभिनय गर्नेछन् ।

फिल्मको निर्देशन रमेश राईले गर्ने जनाइएको छ । यद्यपि फिल्मका बारेमा थप जानकारी भने गराइएको छैन । निर्माण टिमका अनुसार कोरोनाको महामारी कम हुनासाथ फिल्मको छायांकन थालिनेछ ।