बलिउड/हलिउड

एभेन्जर्स निर्देशकको फिल्म ‘द ग्रे म्यान’मा दक्षिण भारतीय सुपरस्टार धनुष

By खबरहब

December 18, 2020

मुम्बई – दक्षिण भारतीय सुपरस्टार धनुषले नेटफिल्क्सको फिल्म ‘द ग्रे म्यान’ मा अभिनय गर्ने भएका छन् । यो फिल्मलाई ‘एभेन्जर्र्सः इन्ड गेम’ का निर्देशक एन्थोनी र जो रुसोले निर्देशन गर्नेछन् ।

फिल्ममा क्रिस इभान्स, रोय गोस्लिङ र अना दी आर्मसको पनि अभिनय रहनेछ । फिल्मलाई बिग बजेट फिल्म भनिएको छ ।

@netflix @netflixindia @russo_brothers @ryangosling @chrisevans @preena621 pic.twitter.com/LK5u5ZnUG0

— Dhanush (@dhanushkraja) December 18, 2020

स्पाई थ्रीलर जानरामा निर्माण हुने यो फिल्म २ सय मिलियन डलरमा निर्माण हुनेछ । फिल्म सन् २००९ मा प्रकाशित मार्क ग्रेनीको उपन्यासमा आधारित हुनेछ ।

यसअघि धनुषले ‘द एक्स्टाअर्डिनरी जर्नी अफ त फकिर’ नामक हलिउड फिल्ममा समेत काम गरेका थिए । उक्त फिल्ममा धनुषले एक जादुगरको भूमिका निभाएका छन् ।