अन्तर्राष्ट्रिय

कारमा आगलागी हुँदा अष्ट्रेलियामा ४ जनाको जलेर मृत्यु

By खबरहब

February 19, 2020

काठमाडौं – कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ ।

कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

उनिहरु सबै एकै परिवारका हुन सक्ने आंकलन गरिएको छ । कारमा कसरी आगलागी भयो भन्नेबारे केही पनि खुलेको छैन ।