काठमाडौं – काठमाडौंको बसुन्धरास्थित महालक्ष्मी पेट्रोल पम्पले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएपछि कारबाहीको तयारी भएको छ ।
शुक्रबार सो पम्पले आयल निगमको थानकोट डिपोबाट खरिद गरि ल्याएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएपछि चालकलाई कारबाहीको तयारी सुरु गरिएको निगमले जनाएको छ ।
उक्त पेट्रोल पम्पले शनिबार बिहान पेट्रोल बिक्री गर्नुअघि गुणस्तर परीक्षण गर्दा पानी मिसाएको खुलेको थियो ।