अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाभाइरस संक्रमित १ लाख ६० हजार बढीको मृत्यु

By खबरहब

April 19, 2020

काठमाडौं- कोरोनाभाइरसले आइतबार विहान समाचार तयार पार्दासम्म विश्वभर १ लाख ६० हजार बढीले ज्यान गुमाएका छन् ।

आइतबार विहानसम्म विश्वभर कोरोनाका कारणा २३ लाख ३० हजार ९४५ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार ७५७ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये ५ लाख ९६ हजार ६४२ जना निको भएका छन् भने १५ लाख ७३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत ५५ हजार २६५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ३८ हजार बढी छ भने ३९ हजार बढीले ज्यान गुमाएका छन् ।