अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९१ हजारभन्दा बढीको मृत्यु

By खबरहब

May 19, 2020

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९१ हजार ९१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ६७० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ४९ हजार ३३४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ५४ हजार ३३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ११ लाख ३ हजार ८० जनामध्ये १६ हजार ८५७ जनाको अवस्था गम्भीर रहेको छ ।