अन्तर्राष्ट्रिय

लद्दाख भिडन्त : भारतप्रति सहानुभूति दर्साउँदै अमेरिकाले दियो पहिलो प्रतिक्रिया

By खबरहब

June 19, 2020

काठमाडौं – चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले भारतप्रति सहानुभूति दर्साउँदै पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति सहानुभूति दर्साएका छन् ।

‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो घडीमा हामी ती सैनिकका परिवार र उनका आफन्तलाई सम्झन्छौँ,’ अमेरिकी विदेशमन्त्री पोम्पियोले ट्वीटमा लेखेका छन् ।

We extend our deepest condolences to the people of India for the lives lost as a result of the recent confrontation with China. We will remember the soldiers’ families, loved ones, and communities as they grieve.

— Secretary Pompeo (@SecPompeo) June 19, 2020

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार राति भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।