फाइल फोटो

राजनीति

कमल थापाको प्रश्न – के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?

By खबरहब

June 19, 2020

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच आज हुन लागेको कार्यशालालाई राप्रपाका अध्यक्ष कमल थापाले ‘वाहियात’ भएको टिप्पणी गरेका छन् ।

आज दुई देशका कम्युनिष्ट पार्टीबीच हुने कार्यशालालाई पार्टी र देश सञ्चालन अनुभव आदानप्रदानका लागि हुन लागेको भनिएको छ ।

आज बिहानै ट्वीटरमार्फत यस विषयमा टिप्पणी गर्दै थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

थापाले लेखेका छन् ‘आपत्तिजनक नवऔपनिवेशिक अभ्यास । अब यसैगरी अन्य राजनीतिक दलहरुले पनि आफु अनुकूलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतिक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ? के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ? स्टप दिस ननसेन्स ।’