खेलकुद

म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा

By खबरहब

July 19, 2020

काठमाडौँ –आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जीतमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गरे ।

अब आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग खेल्नेछ ।