खेलकुद

बोलोग्नाविरूद्ध एसी मिलानको फराकिलो जीत

By खबरहब

July 19, 2020

काठमाडौँ– इटालियन सिरी ‘ए’ मा एसी मिलानले फराकिलो जीत निकालेको छ ।

घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा मिलानले बोलोग्नामाथि ५–१ को फराकिलो जीत निकालेको हो ।

जीतसँगै मिलानले शीर्ष ६ मा रहेर अर्को सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको छ ।

मिलानको फराकिलो जीतमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे ।

पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए । जीतसँगै छैटौँ स्थानमा उक्लिएको मिलानको ३४ खेलबाट ५६ अंक पुगेको छ ।