समाचार

गण्डकी प्रदेशमा थपिए १४ कोरोना संक्रमित

By खबरहब

August 19, 2020

पोखरा- गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार विहान विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमित हुनेमा नवलपरासी पूर्वका १२ जना छन् भने तनहुँका २ जना छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७७९ पुगेको छ ।

यसैबीच  चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१ का एकजना पुरुषमा संक्रमण पुष्‍टि भएको छ भने वडा नं ७ का एक पुरुष र एक महिला तथा वडा नं ५ की एकजना महिलामा संक्रमण देखिएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वकै कावासोती नगरपालिका २ का चारजना पुरुष तथा कावासोती-३ का दुईजना पुरुषमा संक्रमण देखिएको छ । हुप्सेकोटका एकजना पुरुष र देवचुलीका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति