समाचार

कर्णाली प्रदेशका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण

By खबरहब

August 19, 2020

काठमाडौं– कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णालीले एक विज्ञप्ति मार्फत थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल  तथा पशुपन्छि प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १० जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित मध्ये सुर्खेतका १० जना, दैलेखका ४ जना, सल्यानका १७ जना, डोल्पाका एक जना, कस्कीका एक जना, जुम्लाका ९ जना र बाँकेका एक जना रहेका छन् ।