बैंक/वित्त

ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता

By खबरहब

October 19, 2020

काठमाडौँ– ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सोहोटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबर्द्धन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौँ, पोखरा तथा चितवनमा रहेका होटलबाट उपलब्ध सेवा तथा सुविधामा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने छन् ।