खेलकुद

सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ

By खबरहब

November 19, 2020

एजेन्सी- कोरोना भाइरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।

लिभरपुलका फरवार्ड सलाहलाई शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल पनि गुमाउने भएका छन् ।