समाचार

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

By खबरहब

November 19, 2020

काठमाडौं – सुनको मूल्यमा आज गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला रू ७ सय ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रू ९४ हजार ४ सय मा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार १०० मा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रू ९३ हजार ९ सय मा कारोवार भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला रू ९४ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला रू एक हजार २१५ मा कारोवार भएको महासंघले जनाएको छ ।