रोचक/विचित्र संसार

यी हुन् युवतीका आँखामा पर्ने युवक

By खबरहब

November 19, 2020

काठमाडौँ- मानिसको स्वभाव उसको व्यवहार, हाउभाउ, बोल्ने शैली र तथा फेसनको आधारबाट थाहा पाउन सकिन्छ ।

युवतीहरूले पहिलो पटककै कुराकानीमा युवकहरूका विभिन्न कुरामा ध्यान दिन्छन् ।

कतिपय केटाहरूलाई लुगा लगाउने ढंग पनि आउन्न । युवतीहरूको आँखा सुरूमा युवकको कपाल, दाह्री र जुँगामा पर्छ ।

त्यसपछि शरीर अनि उसले लगाएको लुगामा उनीहरूले मतलव गर्ने  यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ ।

युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने गर्छन् । त्यसैले उनीहरू पहिले युवकको फेसनमा पनि चासो दिन्छन् ।

आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाती, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाको पुरूषसँग युवतीहरू निकै आकर्षित हुने गर्दछन् ।

झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डा जस्तो देखिने हुँदा युवतीहरूलाई यस्तो युवकहरू मन पर्दैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने, ह्वाङ्ले लुगा लगाएका दुब्लो युवकहरु पनि युवतीहरूलाई मन पर्दैनन् ।

ठूलो कपडामा नसुहाउने हुँदा युवकहरूलाई युवतीहरूले दुब्लो युवकहरू मन पराउँदैनन् ।

युवकहरूले लगाउने जुत्ताबाट पनि युवतीहरूले युवकहरुको बारेमा थाहा पाउने गर्दछन् ।–  एजेन्सीको सहयोगमा