राजनीति

पार्टीको आन्तरिक विवाद मिलाउन कांग्रेसका तीन नेताबीच छलफल

By खबरहब

January 20, 2020

काठमाडौं–‍प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेका छन् ।

उपसभापित विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो ।

सोमबार विहान तीन नेताहरुबीच पार्टी कार्यालय सानेपामा विवाद समाधानका विषयमा कुराकानी भएको हो । छलफल सकारात्मक रहेको र छिटै सहमति जुटाउने गरि छलफल अगाडि बढेको नेताहरुले जानकारी दिएका छन् ।

पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्नका लागि संस्थापन पक्षबाट नेता निधि र असन्तुष्ट पक्षबाट नेता सिंहसहितको समिति गठन गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला संस्थापन पक्षसँग असन्तुष्ट रहेको छ ।