खेलकुद

च्याम्पियन्स लिगमा टोटनहमको अप्रत्यासित हार

By खबरहब

February 20, 2020

काठमाडौं –  च्याम्पियन्स लिग फुटबलमा टोटनहम घरेलु दर्शकसामु निरिह बनेको छ ।

बुधबार राति प्रि – क्वाटरफाइनल अन्तरगतको खलमा खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० गोलले अप्रत्यासित रुपमा स्तब्ध पार्यो ।

घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लिपजिगलाई पहिलो लेगमा जित दिलाए ।

कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटेनहमले जर्मन क्लबबिरुद्व जित निकाल्न सकेन ।

पहिलो लेगमा जर्मन क्लबले प्रभावशाली प्रर्दशन गर्दै टोटेनहमबिरुद्व आक्रमक खेल पस्किएको थियो । दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा हुनेछ ।