राजनीति

मन्त्री बाँस्कोटालाई बर्खास्त नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने नेविसंघको चेनावनी

By खबरहब

February 20, 2020

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

विहीवार एक विज्ञप्ति जारी गर्दै नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भइसकेको भन्दै नेविसंघले उनलाई तत्काल बर्खास्त गरि कानूनी कारवाही गर्न माग गरेको छ । अन्यथा आफूहरुले आन्दोलनको आधिवेरी सृजना गर्ने चेतावनी नेविसंघले दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण गर्न प्रधानमन्त्री उद्दत देखिए नेपाल विद्यार्थी संघले आन्दोलनको आधिवेरी सृजना गर्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’