समाचार

कोरोना भाइरसको त्रास– राष्ट्रिय सभा बैठक स्थगित

By खबरहब

March 20, 2020

काठमाडौं–कोरोना भाइरसको संक्रमणका त्रासकाबीच राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक पनि एक साताका लागि सारिएको छ। अर्को बैठक १३ गते बस्नेछ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ भने भीडभाडमा नजान आग्रह गरेको छ ।